धनगढी। धनगढी उपमहानगरपालीका ६ को जाली सडक निर्माणमा झारो टार्ने काम भएको स्थानियले आरोप लगाएका छन्। धनगढी उपमहानगरपालीका वडा नम्बर ६ मा नयाँ खोलेको सडक निर्माणमा झारो टार्दै काममा लापरवाही भएको स्थानियहरुले गुनासो गरेका हुन्।
स्थानियले भने, सडक निर्माणका लागी ग्राभेल र माटो बराबर मिसाइदा मापदण्ड नअपनाइएको र गुणस्तरीय सडक नबन्ने भन्दै चिन्ता ब्यक्त गरेका छन्। जनुमात्रामा ग्राभेल हाल्नुपर्ने हो त्यो अनुसार नहुँदा गर्मीमा धुलोमाटो हुने र बर्षातमा हिलोमाटो हुने समस्या रहेको छ ।
सुरुमा काममा ढिलासुस्ती गरिएको र अहिले आएर नयाँ खोलेको सडकमा मापदण्ड नपु¥याएर काम भैरहेको स्थानिय योगेन्द्र नायकले बताएका छन् । सडकको नाली खन्ने काम पनी प्रभावकारी र मापदण्ड अनुसार काम नगरिएको उनले बताएका छन् । स्थानियले निर्माण कम्पनीले सडक बिस्तार र निर्माणको काममा झारो टार्ने मात्रै गरेको भन्दै स्थानीयको माग अनुसार सडक बिस्तार गर्नुपर्ने बताएका छन्। मापदण्ड र गुणस्तरीय रुपमा काम छिटो गर्न स्थानीयले माग गरेका छन्। साथै निर्माण कम्पनीलाई धनगढी उपमहानगरपालिकाले ताकेता गर्नुपर्ने र मापदण्ड अनुसार काम गराउन निर्देशन दिएका छन् ।