धनगढी। सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ। आज (आइतबार)बसेको निर्वाचन आयोगको बैठकले वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो।
बझाङ–१ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो। आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
इलाम– २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङका निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो।स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ। यता सूदुरपश्चिममा स्थानीय तह रिक्त पदको उपनिर्वाचनका लागी चुनावको मिति तोकिएको छैन्।
यस्तै कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएर पद रिक्त छ। कांग्रेसबाट निर्वाचित समिति प्रमुख जितेका कलेलको २०७९ पुस २३ मा निधन भएको थिए। उता डोटीको पूर्वाचौकी गाउँपालिका(६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ। गत वर्ष मङ्सिरमा जोशीको निधन भएको थियो। उनी पनि कांग्रेसबाट निर्वाचित भएका थिए। गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका- ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ। उनी एमालेबाट जितेका थिए। यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ। उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो। त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ।