चितवन। चितवनको भरतपुर महानगरपालीका वडा नम्बर-११ मा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक शिक्षा,अभ्यास तथा डेमो प्रर्दशन गरिएको छ। आज (शनिवार)भरतपुर महानगरपालीका वडा नम्बर ११ स्थीत मन शिक्षा मन्दिर स्कुलमा बिद्यार्थी तथा अभिभावकलाई आगलागी सम्बन्धी शिक्षा,मनोपरामर्श तथा ग्याँस आगलागी नियन्त्रण सम्बन्धी कृतिम अभ्यास गराइएको हो।
“फायर प्रिवेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्रा.लि.”को आयोजना र लायन्स क्लब अफ देव नगरको सहकार्यमा २ सय भन्दा बिद्यार्थी तथा अभिभावकलाई आगलागी सम्बन्धी सचेतना, नियन्त्रणबारे तरीका तथा जानकारी गराइएको हो। फायर प्रिवेन्सन तथा फायर कन्ट्रोलका संचालक अध्यक्ष धन बहादुर विष्टले ग्यांस सिलिण्डर लिक भएमा गर्ने कारवाही,ग्याँस लिक चेक गर्ने तरिका, सुरक्षाका नियम,आगलागी भएमा अपनाउने तरीका,सुरक्षाका उपलब्ध श्रोत साधनको प्रयोग गर्नेबारे सैद्धान्तीक तथा प्रयोगात्मक अभ्यास समेत गराइएको बताए।
यस्तै उनले हिजो शुक्रबार पनी भरतपुर ११ स्थीत नारायणी नमुना माध्यमिक बिद्यालयमा ५०० बढी बिद्यार्थी, शिक्षकहरुलाई पनी ग्याँसबाट हुने आगलागी सम्बन्धी सचेतना अभ्यास तथा डेमो प्रर्दशन गरिएको जानकारी दिए ।
ग्याँसबाट हुने आगलागीको पुर्व तयारी र आगलागीको सुरक्षा सम्बन्धि सचेतना जानकारी दिइएको हो। जुनसुकै बेला पनी आगलागी हुन सक्ने भएकाले ग्याँसबाट हुने आगलागी सम्बन्धी सुरक्षाका नियम र नियन्त्रण उपायको बारेमा सैद्धान्तीक तथा प्रयोगात्मक अभ्यास थाहा पाइराख्नुपर्ने उनको भनाई छ।उनले बिस्तारै गर्मि समय नजिकीदै गर्दा आगलागीको जोखीम हुने भन्दै सबैले सचेत बन्न र सिकेको अभ्यास प्रयोगमा ल्याउन जोड दिए । शुक्रबार नारायणी नमुना माध्यमिक बिद्यालय सञ्चालक समितीका अध्यक्ष टेक बहादुर थापाको नेतृत्व र लायन्स क्लब अफ देव नगरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको थियो। तालिमपछि बिद्यार्थी,शिक्षक तथा अभिभावकले आगो के हो, आगो कसरी बल्दछ वा कसरी लाग्दछ, आगलागी हुनाका प्रमुख कारण, पुर्व तयारी तथा सुरक्षा, आगलागी भएमा समयमा गर्ने उपाय सम्बन्धी तालिम निकै उपयुक्त रहेको बताएका छन्। आगलागीबाट बच्न यस्ता तालिमले आफुसहित घरपरिवार तथा समाजलाई फाइदा पुग्ने भएकाले अतिआवस्यक रहेको उनीहरुको भनाई थियो। उनीहरुले यस्ता तालिमहरु थप आवश्यक पर्ने बताएका छन्। “फायर प्रिवेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्रा. लि.” ले नेपालका बिभिन्न जिल्लामा पुगेर आगलागी सम्बन्धी तालिम तथा सचेतना दिइसकेको र अन्य क्षेत्रमा दिने योजना रहेको जनाएको छ ।
https://www.facebook.com/dhanbist88/videos/193276180546910