धनगढी। धनगढी वडा नम्बर २ को आदर्श टोल हुँदै भन्सार कार्यालय कैलालीसम्म सरसफाइ कार्यक्रम गरिएको छ । धनगढी २ मा नियमित सरसफाइ कार्यक्रम अन्तरगत टोल बिकास संस्था,आमा समुह,स्वयंसेबीका,सरसफाइ समीती तथा स्थानियको सहभागीतामा आज शनिवार बिहान सरसफाइ कार्यक्रम गरिएको हो।
हाम्रो धनगढी हामी बनाउँछौ भन्ने नारासहित आदर्श टोल बस्ती सडक क्षेत्र,मेनरोड हुँदै छ लेन सडक देखी भन्सार सम्ममा रहेको फोहर जन्य बस्तुको सरसफाई कार्यक्रम गरि ब्यवस्थीत गरिएको सरसफाइ समिती संयोजक लिला पोख्ररेलले जानकारी दिइन्। सरसफाई कार्यक्रम समिती संयोजक पोख्ररेलको नेतृत्वमा टोल विकास समिति अध्यक्ष देबेन्द्र अधिकारी, सामाजिक परिचालक निर्मला रावल,आमा समुह,स्वयसेबीका,स्थानीयवासी १५ जना भन्दा बढीको सहभागिता रहेको थियो।सरसफाइ समिती संयोजक लिला पोख्ररेलले यो सरसफाइ कार्यक्रम प्रत्येक हप्ताको शनीबार हुने कुरा पनि सबैमा जानकारी गराएकी छिन्। सरसफाइ कार्यक्रममा सबैले हातमा झाडो लिएर फोहरजन्य बस्तुको संकलन र सरसफाई गर्दै ब्यवस्थीत बनाइएको थियो। हाम्रो धनगढी हामी बनाउछौं, हाम्रो धनगढी सफा धनगढी अभियान धनगढी उपमहानगरपालीकाको नारा छ । उक्त अभियानले स्वच्छ,सफा सुन्दर र ब्यवस्थीत धनगढी बन्ने उपमहानगरपालीकाको योजना छ।