धनगढी। नवजिवन अस्पताल प्रा.ली धनगढी र गौरीगंगा नगरपालीकाको सहकार्यमा गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा बिरामीले निशुल्क उपचार सेवा पाएका छन्। आज (शुक्रबार) कैलालीको मसुरीया स्वास्थ्य चौकीमा गरिएको निशुल्क बिशेषज्ञ चिकित्सकीय चेकजाँच मार्फत २ सय जना बिरामीले उपचार सेवा पाएका हुन्।
नवजिवन अस्पताल प्रा.ली धनगढी र गौरीगंगा नगरपालीकाको सहकार्यमा एक दिन गरिएको निशुल्क बिशेषज्ञ चिकित्सकिय सेवाबाट बिरामीले स्वास्थ्य लाभ लिएको अस्पताल का सिइओ चक्र खडायतले जानकारी दिए। उनका अनुसार १५९ महिला र ४१ जना पुरुष गरी २०० बिरामीले चेकजाँज गरी निशुल्क उपचार सेवा पाएका हुन्।
त्यसमध्ये १३ पुरुष र २ महिला गरी १५ बिरामीले प्रयोगशाला र २ महिला र १ पुरुष गरी ३ जना बिरामीले भिडियो एक्सरे सेवा लिएका थिए। चेकजाँचमा संलग्न नवजिवन अस्पतालका मेडिकल डाइरेक्टर तथा बिशेषज्ञ चिकित्सक एम. बि.बि.एस, एम.एस अर्थो डाक्टर विदुरमणी ढकालद्धारा सेवा प्रदान गरिएको हो। यस्तै मसुरीया स्वास्थ्य चौकीका प्रमुख जनश्वास्थ्य निरीक्षक लाल प्रासद पन्तद्धारा पनी सेवा प्रदान गरिएको बताइएको छ। बिरामीले बिभिन्न स्वास्थ्य सेवा आफ्नै घर नजिकै पाउँदा खुसी महसुस ब्यक्त गर्दै अस्पताल तथा स्वास्थ्य चौकीलाई धन्यवाद ब्यक्त गरेका छन्।