कैलाली। नेकपा एमाले कैलालीको सुख्खडमा भईरहेको निर्वाचनमा बेलुकी ६ बजेसम्म ४४५ मत खसेको छ । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा आज बिहान ८ बजेबाट सुरू भएको मतदानमा बेलुकी ६ बजेसम्म ४४५ जनाले मत खसालेको मुख्य निर्वाचन अधिकृत मान बहादुर जोराले बताए ।
अधिवेशनमा जिल्लाभरीका ५९१ प्रतिनिधि मध्ये ४४५ जनाले मतदान गरेका हुन भने अब १४६जनाले मात्रै मतदान गर्न बाँकी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले, ६ बजेसम्म मतदान परिषरमा पसिसकेका मतदाताहरुलाई मतदान गर्न दिने जनाएको छ । मुख्य निर्वाचन अधिकृत जोराले‘अब १४६जना बाँकी छन, हामीले सबैलाई ६ बजेभीत्र मतदान स्थलभीत्र पसिसक्ने भनि सूचना जारी गरेको बताए । सबै मतदाताहरु मतदानस्थलभीत्र पसिसकेका छन।
साढे ८ देखि ९ बजेसम्म मतदान सकिने अनुमान गरेको बताए ।निर्वाचन अधिकृतको कार्यालयले २० मतदान केन्द्र बनाएको छ । ‘सदस्यमा तीन मतपत्र र पदाधीकारीका लागि छुट्टै मतपत्र गरी चार वटा मतपत्रमा मन परेको उमेदवार खोज्न समय लागि रहेको छ’ मुख्य निर्वाचन अधिकृत जोराले भने । निर्वाचन समितिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको जनाएको छ । एमालेको जिल्ला कमिटिको निर्वाचन शुक्रबार छैटौं दिन सुरु भएको हो ।नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन ।
निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाको प्यानल नै चुनावी मैदानमा छ । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी छन् ।