धनगढी : धनगढीमा धर्म पशुपति स्मृती भेट्रान ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लव सुदुरपश्चिम प्रदेशको आयोजनामा प्रतियोगिता शुरु भएको हो । सुदुरपश्चिम प्रदेश प्रहरी परिसरमा रहेको ब्याडमिन्टन कोर्टमा बि प्लस डबल, ४५ बर्ष माथी र ५५ बर्ष माथीको भेट्रान ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक रबिन्द्र केसीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केसीले खेल स्वास्थ्यका लागी फाइदा जनक रहेको बताए ।
तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बि प्लस खुला ब्याडमिन्टन खेलको प्रथम हुनेले ६१,०००, द्धितियले ४१,००० र तृतिय स्थान हासिल गर्नेले ३१,००० पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै ४५ बर्ष माथीको भेट्रान प्रतियोगिताको बिजेताले ४१,०००, उप बिजेताले ३१,००० र तृतिय स्थान हासिल गर्ने खेलाडीले २१ हजार पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । ५५ बर्ष माथीको भेट्रान खेलको प्रथम हुनेले ११,०००, द्धितियले ७,००० र तृतिय स्थान हासिल गर्नेले ५,००० नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष चेतराज जोशीले बताए ।