धनगढी : कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन लागेको हो । स्वास्थ्य कार्यालय कैलालीले बालबालिका हरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।
नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेस्ठले जानकारी दिए । यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए.ई.एफ.आई। व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने उनले बताएका छन् । प्रमुख श्रेस्ठले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी समेत तयारी गरिरहेको बताएका छन् ।