धनगढी। प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक(असई)गजेन्द्र सिंह ठगुन्ना लगायतका छन्।स्थायी ठेगाना कैलालीको धनगढी उपमहानगरपालीका ३ घर भई काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मानवश्रोत व्यवस्थापन साखामा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक (असई) ठगुन्ना २०८० पुष २० गतेबाट गैरहाजिर छन् ।