कञ्चनपुर। कञ्चनपुरको एक पसलमा लागुऔषध पाइएपछि पसल सञ्चालक पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ पुरानो बसपार्कस्थित आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका शेर सिंह धामी पक्राउ परेका हुन् ।
उनको पसलमा लुकाई छिपाई राखिएको अवस्थामा १२९ दशमलव ६७ ग्राम लागुऔषध चरेस जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।