कैलाली। कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले तिन महिना पहिले श्रीमतीको लागी घर लगेको सरकारी स्कुटर बुधबार नगरपालिकालाई फिर्ता गरेका छन् ।
श्रीमतीलाई खुशी पार्न नगरप्रमुख रावतले सरकारी स्कुटर घर लगेको विषयमा गएको मंगलबार विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भए पश्चात् उक्त कुरालाई लिएर नगरप्रमुख रावतको तिब्र आलोचना समेत भैइरहेको थियो। केहिमहिना देखि नगरपालिकाबाट गायब भएको स्कुटर बुधबार दिउँसोको समयमा एकाएक नगरपालिका परिसरमा देखिएको नगरपालिकाका एक जनप्रतिनिधिले बताए ।
नगरपालिकाको मोटरसाईकल घर लगेका नगरप्रमुख रावतले श्रीमतीको सल्लाहमा मोटरसाईकल फिर्ता गरेर घोडाघोडी नगरपालिकाको सु।प।प्र।०१–००१ ब २०५९ नम्बरको स्कुटर घर लगेका थिए ।