कैलाली। कैलालीको टीकापुरमा ईन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
कैलालीको टीकापुर नगरपालिका-१ जमरा पारीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले करेन्ट लागेर एक होटेलका कुक म्यानको मृत्यु भएको हो । टीकापुर नगरपालिका-१ जमरा पारीस्थित ग्रीन एसिया होटेलका कुक म्यान बर्दियाको राजापुर २ का ३३ वर्षीय शैलेश भुलको मृत्यु भएको प्रहरीले बताएको छ।
शैलेशलाई आज बिहान ८ बजेतिर करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिएका छन्। ईन्टरनेट सेवा प्रदायक कम्पनीले तारको ब्यवस्थापन नगरेको र छरपस्ट रहेका तारका कारण करेन्ट लागेको स्थानियले बताएका छन्। ईलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।