अछाम। अछाम जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। आज बिहान जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रास्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप दुर्घटनामा भएको थियो।
दुर्घटना हुँदा घाइते भएका १५ जनामध्ये डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुंग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
यस्तै अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेका छन्। आज बुधबार बिहान लुंग्राबाट साँफेबर जाँदै गरे से १ झ ४२९ नम्बररको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो। प्रहरीले बाँकी घाइतेहरुको वयलपाटा अस्पतालमा उपचार भइरहेको बताएको छ ।घाइतेहरुको नामावली तल हेर्नुहोस्
१. जिल्ला डोटी पुर्विचौकी गा.पा. ४ बस्ने बर्ष अं. २३ की अनिसा खड्का (टाउको र खुट्टामा चोट अबस्था गम्भिर रहेको)
२. जिल्ला अछाम चौरपाटी गा.पा. ५ बस्ने बर्ष अं. ५ को दिपेन्द्र रावल (बायाँ खुट्टामा चोट अवस्था सामान्य)
३. ऐ.ऐ. बस्ने बर्ष अं. ८ को स्माईल रावल (पेट र टाउकोमा चोट अवस्था गम्भिर)
४. ऐ. ऐ. बस्ने वर्ष अं. ११ को आयुस खड्का (टाउको र ढाडमा चोट अवस्था गम्भिर)
५. ऐ.ऐ. बस्ने वर्ष अं. ७३ को दान बहादुर खड्का (टाउको, ढाड र हातको चोट अवस्था मध्यम)
६. ऐ.ऐ. वस्ने वर्ष अं. ७२ कि गंगा खड्का (टाउको र छातिमा चोट अवस्था मध्यम)
७. ऐ.ऐ. बस्ने वर्ष अं. ७५ कि गौरि देवि खड्का (टाउको र अनुहारमा चोट अवस्था सामान्य)
८. ऐ. ऐ. वस्ने वर्ष अं. ६ बसन्त मिजार (टाउको र निधारमा चोट अवस्था मध्यम)
९. ऐ. ऐ. वस्ने वर्ष अं. ७६ को सिद्द खड़का (टाउको र हातमा चोट अवस्था मध्यम)
१०. ऐ. ऐ. बस्ने वर्ष अं. ६५ की धनसुवा खड्का (दाहिने गालामा चोट अवस्था सामान्य)
११. ऐ. ऐ. वस्ने वर्ष अं. २ को आज्ञान खड्का (मुख र कानमा चोट अवस्था सामान्य)
१२. ऐ. ऐ. बस्ने वर्ष अं. ८ को रमित मिजार (दाहिने खुट्टामा चोट अवस्था सामान्य)
१३. ऐ. ऐ. बस्ने वर्ष ८ कि प्रमिसा रावल (खुट्टामा चोट अवस्था सामान्य)
१४. तेज बहादुर रावल (चालक)