अछाम। अछामको चौरपाटीमा जिप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रास्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा भएको हो।
आज बिहान साढे ८ वजे दुर्घटना भएको जिप दुर्घटनामा १५ जना घाईते भएका छन्। सिउडी प्रहरी चौकीका असई पदम खड्काका अनुसार ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घट्नामा घाईते सवैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको उनले बताए। लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।जिपमा विद्यार्थी र सर्वसाधारण रहेका थिए । घट्नाको थप विवरण आउने वाँकी रहेको प्रहरीको भनाई छ।