दार्चुला। दार्चुलामा आज (मंगलबार) बिहान भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नं ६ का धनसिंह धामीकी १८ बर्षीया छोरी मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
आज बिहान करीब ९ बजेको समयमा रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भीबारट लडेर मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए। बाटोबाट करीब ५ सय मिटर तल खसेकी मनिषाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।