अछाम। अछाममा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ । अछामको मल्लेख गाउँपालिका(६ नम्बर वडाको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको प्रहरीले जनाएको छ।
मल्लेख गाउँपालिका-६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।