धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । वार्षिकोत्सवको अवसरमा आफनै प्राङ्गणमा विविध कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोहको आयोजना गरिएको हो ।
विद्यालयका प्रिन्सिपल अनिता पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख धनपति भेटुवाल प्रमुख अतिथि रहेका थिए । सो अवसरमा प्रमुख धनपति भेटुवालले अभिभावकहरुले आफना बालबालिकालाई स्नातक तहसम्म अनिवार्य अध्यापन गराउन अनुरोध गरे । उनले भने –‘हामी शिक्षा बिना पशु सरह छौं । विद्यार्थीहरुलाई पढाउन म अभिप्रेरित गर्छु ।स्नातक तहसम्म पढाए उनीहरुले आफनो भविस्य आफै खोज्छन् ।’ उनले बालबालिकाको करियर पढाई पुरा भएपछिमात्र बन्ने बताए । उनले विश्वव्यापि रुपमा बालबालिकालाई प्रतिष्पर्धी बनाउन सकेमात्रै शैक्षिक संस्थाको दिगोपन हुने भन्दै एक्सिस बिद्या निकेतन परिवारलाई नविनतम शिक्षा प्रदान गर्न सुझाव समेत दिएका थिए । पछिल्लो समय किशोरा अवस्था देखिनै कुलतमा लाग्ने र परिवार समाज तथा राष्ट्रलाईनै नकारात्मक असर पार्ने गतिविधिमा विद्यार्थी लाग्ने गरेको बताउँदै भेटुवालले बालबालिकालाई कुलतबाट जोगाउने दायित्व पनि विद्यालय अभिभावकको पहिलो भुमिका रहेको समेत बताए।
कार्यक्रममा बिशिष्ठ अतिथि पुर्व मेयर खेमराज पाण्डेले संस्थागत विकासका लागि पेशागत इमान्दारिता हुनु आवश्यक हुनेमा जोड दिए। ‘संस्थालाई सफल बनाउन त्यहाँ कार्यरत कर्मचारीको दक्षता संगै लगनसिलता र इमान्दारिता आवश्यक हुन्छ,’ पाण्डेले भने, ‘कर्मचारी इमान्दार भए संस्थाको भीजन सफल हुन्छ ।’उनले विद्यार्थीलाई सफल बनाउने वा असफल बनाउने भन्ने कुरा शिक्षक संगै अभिभावकको भूमीकाले पनि तय हुने भन्दै अभिभावकलाई आफ्ना बालबालिकाको निग्रानी गर्न र नियमित विद्यालयका शिक्षक संग समन्वय गर्न बिद्याथीलाई डर त्रास होईन हौसला र प्रेरणा साथ दिनु प्रर्ने बताए।
कार्यक्रममा नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरीले राष्ट्रियतालाई ध्यानमा राखेर शिक्षा दिन जरुरी रहेको बताए। उनले भने –‘राष्ट्रको राजनीतिक अवस्था र आम नागरिकको अवस्थालाई विद्यार्थीहरुले कलामार्फत प्रदर्शन गरेका छन् । यस्ता शिक्षा सबै विद्यालयमा दिन जरुरी छ ।’कार्यक्रममा विभिन्न विद्यालयमा कार्यरत शिक्षक,अभिभावक,विद्यार्थी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०७९ मा कक्षामा उत्कृष्ट भएका विद्यार्थी, अनुसासित, नियमित हाजिर भएका, विभिन्न प्रतियोगितामा उत्कृष्ट लगायतका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै, वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सृजना गरेका विभिन्न प्रविधिका उपकरणहरु पनि प्रदर्शनीमा राखिएको थियो । शिक्षक केशव भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक नवराज भट्ट र विष्णु पोखरेल तथा विद्यार्थी वर्षा अधिकारी र गणेश धामीले गरेका थिए ।