धनगढी। नेपाल पत्रकार महासंघ कैलाली शाखाका संस्थापक तथा साहित्यकार यज्ञराज जोशी (यात्री)को पत्रकारिता र साहित्य क्षेत्रमा पुगाएको योग्दानको कदर गर्दै ‘सुदूरका भुषण यज्ञराज जोशी’ नामक पुस्तक सोमबार विमोचन गरिएको हो।
नेपाल पत्रकार महासंघ कैलालीले प्रकाशन गरेको सो पुस्तक सोमबार कैलाली जनपुस्तकालयको ४७ औं वार्षिक साधारण सभाको अवसरमा विमोचन गरिएको हो । पुस्तकको सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरि लम्सालले विमोचन गरे। एडि प्रिन्टिङ हाउसद्धारा मुद्रण रहेको सो पुस्तकको मूल्य दुई सय रहेको छ। २०४० सालदेखि पत्रकारिता र २०३० सालदेखि साहित्य सेवा गर्दै आएका जोशी हालसम्म सोही सेवा गर्दै आइरहेका छन्।
शिक्षण पेशा त्यागेर साहित्य र पत्रकारिता क्षेत्रमा उनको योग्दानलाई स्मरण गर्दै सो पुस्तक महासंघले बजारमा ल्याएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन। डोटीको गडसेरामा जन्मिएका जोशी हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन्। उनका २४ वटा कृति प्रकाशित भइसकेका छन् । पिता विष्णुदास तथा आमा नर्मदाका जेठा छोराका रुपमा २०१० कृष्ण जन्माष्टमीका दिन उनको जन्म भएको थियो ।