धनगढी। कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियामा रहेको जेके माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
विद्यालयले आज (सोमबार) विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बोगटीको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टले जे के सेकेन्डरी स्कुलले शैक्षीक क्षेत्रमा काँचुली फेरेको बताए।
उनले विद्यार्थीलाई असल बनाउन अभिभावकको भूमिका पनि महत्वपुर्ण हुने बताए।विद्यालयले किताबी ज्ञान मात्रै प्रदान गर्नु भन्दा पनि व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। विभीन्न साँकृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो। विद्यालयले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरुस्कृत तथा सम्मान गरिएको छ।वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा उत्कृष्ट, प्रथम,दोस्रो र तेस्रो विद्यार्थीहरु लगायत अनुशासन,भाषा,कलामा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो। वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आफ्नो रोचक नृत्य,गीत, मन्तव्य संगै मनमोहक प्रस्तुति समेत झल्काएका थिए। वि.स २०४८ साल स्थापना भएको विद्यालयमा हाल नर्सरी कक्षा देखि १२ सम्म पठनपाठन गराउँदै आइरहेको छ। साथै स्थापनाकालदेखि विद्यार्थीको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिदै आइरहेको विद्यालयमा ६ सय बढी विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको विद्यालयका शिक्षक नवीन भट्टले जानकारी दिए।प्रबन्धक निर्देशक जागृती बोगटीले विद्यालयलाई सबैको साथ सहयोगले बिद्यालय अगाडी बढेको बताउँदै विद्यालयप्रति माया तथा सद्भाव राख्ने सम्पुर्णमा धन्यवाद दिएकी छिन्।आगामी दिनमा बिद्यालय थप सशक्त भएर अगाडी बढ्ने बिश्वास समेत दिएकी छिन्।विद्यालयमा करिब २५ जना शिक्षक कार्यरत रहेका छन्। वार्षिकोत्सव कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नविन भट्टले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सन्तोष तिमिल्सिनाले र विद्यार्थीको तर्फबाट १० कक्षामा अध्यनरत विद्यार्थी प्रकृति कापडीले गरेकी थिईन्। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, बुद्धिजीवी, संघ सँस्थाका प्रतिनिधी,अभिभावकहरु,विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।