धनगढी । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ ।
विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो
समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने समयावधि सकिनै लाग्दा प्रक्रिया स्थगित गरेको हो ।
छनोट समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई दरखास्त सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’