कैलाली। एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र शिक्षामा जोड दिन आग्रह गरेका छन् । कैलालीको बर्दगोरियाको प्रशासनिक भवन उद्घाटन गर्दै पुर्वाधार मात्र नभई कृषि र शिक्षामा पनि जोड दिन आग्रह गरेका हुन् ।
उनले नमुना काम गर्न कर्मचारी तथा जनप्रतिनिधिलाई सुझाव दिए । ‘प्रशासनिक सेवा न्यायिक सेवाको काम गर्नुपर्छ,’उनले भने,‘पालिकामा बिकासको नेता हुनुपर्छ कुराको नेता भएर काम चल्दैन’ उनले बिकासको लागि उत्पादन गर्न र उत्पादनलाई प्रबिधिमा जोड्न सुझाव दिए ।
‘मत्स्यपालकको धेरै ठूलो सम्भावना छ कृषिको सम्भावना छ ।छेउबाट कर्णाली बगेको छ । यहाँ सिचाइको कुनै समस्या हुनुपर्ने कुरा छैन’ ओलीले भने । नयाँपन र नयाँ प्रबिधिबाट कृषि उत्पादन बढाउन सकिनेमा ओलीको जोड थियो ।