धनगढी। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब विकासका नेता बन्न जरुरी रहेको बताएका छन् । आइतबार कैलालीको वर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
समयले पूर्वाधारमा विकास फड्को मार्दै गएको बताउँदै उनले अबको समय भनेको विकास भएको बताएका छन् । नवनिर्मित भवन प्रविधिमैत्री बनाउन र छिटो सेवा उपलब्ध गराउन समेत उनले आग्रह गरे । आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रमा धेरै काम गरेको बताउँदै अध्यक्ष ओलीले भने कृषिमा आलु,केराखेतीलाई सुपरजोन बनाएर काम गरेको बताए।
कृषि आधुनिकीकणका लागि मेसिन प्रयोगको तालिम आवश्यक रहेको बताउँदै उनले यो जिल्लामा मत्स्यपालन तथा कृषिमा धेरै सम्भावना भएको बताए । उनले भने ‘यस क्षेत्रले कृषि उत्पादनमा फड्को मार्ने मैले विश्वास लिएको छु ।’ भवनबाट जनतालाई सेवा दिने लगायत कुरामा सदुपयोग गरेर अघि बढ्न र नमुना पालिका बनाउन समेत उनले आग्रह गरे । अध्यक्ष ओलीले केहीबेरमा नेकपा एमाले कैलालीको सुखडमा जिल्ला अधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।