धनगढी।धनगढी–१, टीसीएन चोकमा रहको साइनो एजुकेसनले प्रथम वार्षिकोत्सव मनाएको छ । गत साल फागुन ६ गते सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा शिक्षाविद् प्रा. डा. हेमराज पन्तद्वारा उद्घाटन भएको साइनोले आज आइतबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो ।
आज धनगढीका विभिन्न क्षेत्रका शिक्षा प्रेमी व्यक्तिहरुको उपस्तिथिमा एजुकेसनमा अध्ययनरत विद्यार्थीहरुको नृत्य, गीत, गजल लगायतका प्रतिभा प्रदर्शन गरि वार्षिकोत्सव मनाएको छ ।त्यस्तै साइनोमा अध्यापन गराइरहेका शिक्षकलाई मायाको चिनो, सम्मान पत्र प्रदान गरिएको छ भने साइनोमा अध्ययनरत देव साउँद साइनो अफ द इयर घोषणा भएका छन् । यस्तै साइनोले वसन्तराज जोशी, आकृति गौडेल, विनोद सुनारलाई ट्यालेन्ट अफ द इयर घोषणा गरेको छ ।
उक्त समारोहमा सुदूपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगरज गौतम, दिनेश ग्रुपका अध्यक्ष श्याम हमाल, व्यवसायी ठक्कर बम र सनराइज टेलिभिजनका सञ्चालक उत्तम थापा लगायतका शिक्षा प्रेमी व्यक्तिको उपस्थिति रहेकोे थियो । धनगढीमा साइनो एजुकेसनले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको सुदूपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगरज गौतमले बताए ।
आजको युग सुहाउँदो व्यवहारिक शिक्षा दिइरहेको साइनो एजुकेसनबाट अन्य संस्थाले पनि सिक्न जरुरी रहेको क्याम्पस प्रमुख गौतमले बताएका छन् ।साइनो एजुकेसनले सम्पूर्ण शिक्षा प्रेमी अग्रज व्यक्तिको सरसल्लाह लिएर विद्यार्थीहरुलाई सक्षम र उज्ज्वल भबिस्य निर्माण गर्न लागिपरेको साइनो एजुकेसनका सञ्चालक सञ्चालक रोहित चन्दले बताएका छन् । त्यस्तै वार्षिकोत्सव समारोहमा साइनो एजुकेसनमा माघ २८ गतेदेखि फागुन ५ गतेसम्म कुनै पनि कोर्षमा भर्ना हुने विद्यार्थीहरुलाई गोलापर्थाद्धारा आज विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको छ ।यस्ता छन् साइनोले प्रदान गरेका उपहारहरु
– १ जना विजेतालाई Android मोबाइल फोन,
– ३ जना विजेतालाई चिकेन स्टेशनमा ब्रेकफास्टको अवसर,
– ३ जना विजेतालाई रुवस होटलमा Lunch को अवसर,
– ३ जना विजेतालाई महाविर पुन को जीवनी,
– ५ जना विजेतालाई STS CINEMA को निःशुल्क टिकट,
– ५ जना विजेतालाई गोठालोमा निःशुल्क कफी र
– १ जना विजेतालाई भाषा कक्षामा १००% छात्रवृती ।