धनगढी। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बयला स्थित मेलकट्टेश्वर माध्यमिक बिधालयको बार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार (हिजो)फाल्गुन ५ गते एक कार्यक्रमका बिच बिधालयको ६३ औं बार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय प्रकाश बहादुर बम रहेका थिए। त्यसैगरी चुरे गाउँपालिकाका उपाध्यक्ष धना कुमारी थापा विशिष्ट अतिथी रहेकी थिइन्। त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर साउँद, समाजसेवी हरिशङ्कर नाथ लगायतका ब्यक्तित्व तथा अतिथिहरुको रुपमा उपस्थित रहेको थियो ।
बिधालयका शिक्षक गणेश सिंह ठगुन्नाले सन्चालन गरिएको कार्यक्रममा शिक्षक बिनोद बहादुर सिंहले स्वागत मन्तब्य राखेका थिए। बिधालयका प्रधानाध्यापक बम बहादुर खत्रीले बिधालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुको साथै बिधालका बिबिध पक्षहरु माथी प्रकाश पारेका थिए। बार्शिकोत्सव कार्यक्रममा बिधार्थिहरुले विभिन्न साङ्स्कृतिक प्रस्तुतिहरु गित,नृत्य राखेका थिए। बार्शिकोत्सव समारोहमा शैक्षिक बर्स २०७९ मा विभिन्न कक्षामा प्रथम, द्वितीय तथा तृतीय हुने बिद्यार्थीहरुलाइ प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतका ब्यक्तिहरुले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएका थिए।साथै बिधालयले सन्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुदमा उत्कृष्ट स्थान ल्याउन सफल बिद्यार्थीहरुलाइ पनि प्रमाणपत्र र पुरस्कार बितरण गरिएको थियो। कार्यक्रममा अभिभावकहरुको(धैटो फोड) प्रतियोगिता पनि राखिएको थियो। बिद्यालयले आफ्नो ६३ औं बार्शिकोत्सव समारोहको अवसर पारी बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो। जसमा शिक्षक, बिद्यार्थी र अभिभावक गरि ३० जनाले रक्तदान गरेको बिधालयका शिक्षक सुभाष चन्द्र भण्डारीले जानकारी गराए । मेलकट्टेश्वर मा.बि. २०१७ सालमा स्थापित चुरे गाउँपालिकाको पुरानो बिधालय हो । जहाँ पाँच सय जना बिद्यार्थीहरु अध्ययनरत छन भने कक्षा १ देखि १२ सम्म पढाइ हुने गरेको छ ।