धनगढी। कैलालीको गौरीगंगामा बसले मोटरसाइकल किच्दा एक जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा बसमा ठोकिएको मोटरसाइकललाई अर्को बसले किचेको हो।
गौरीगंगा–८ बडैपुरका ३८ वर्षीय गोपी नेपालीले चलाएको से ६ प ९३ को मोटरसाइकल बसमा पछाडिबाट ठोक्किएको थियो। लम्किचुहा नगरपालिका–४ बस्ने ३८ को बलेराम चौधरीले चलाएको ना ५ ख ९६४६ को रोकिएको बसमा मोटरसाइकल ठोकिएको हो।
सडकमा पल्टिएको अवस्थामा विपरीत दिशाबाट आइरहेको ना ६ ख ७४४३ नम्बरको बसले मोटरसाइकललाई किचेको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बस्ने ४३ को पुष्कर भट्टले चलाएको उक्त बसका कारण गोपी घाइते छन्। उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।