धनगढी। कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको नवजीवन अस्पताल प्रा.लीले कञ्चनपुरको पुर्नवासमा बृहत् निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।
नवजीवन अस्पताल प्रा.ली धनगढी,पुर्नवास नगरपालीका वडा नम्बर ११ र लायन्स क्लब इन्टरनेशनलको संयुक्त आयोजनामा आज शनिवार राष्ट्रिय माध्यमिक बिद्यालय अमरबस्तीमा बृहत् निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । आज बिहान १० बजे देखी नै निशुल्क स्वास्थ्य शिविर मार्फत ३ सय ४३ जनाले आँखा सम्बन्धी समस्या, ३४ जना बालबालिका तथा ३ सय ३६ जनाले हाडजोर्नी तथा नशा रोग समस्या स्त्री रोग सम्बन्धी समस्या भएका बिभिन्न बिरामीहरुले उपचार सेवा लिएका हुन् ।
निशुल्क स्वास्थ्य शिविरमा महिला, बालबालीका,पुरुष तथा जेष्ठ उमेर समुहका बिरामीले बिशेषज्ञ चिकित्सकीय मार्फत निशुल्क स्वास्थ्य उपचार सेवा पाएको नवजिवन अस्पताल प्रा.लीका मार्केटिङ संयोजक राजु चौधरीले जानकारी दिए। बिरामीले आफ्नै घर नजिकै निशुल्क स्वास्थ्य उपचार सेवा पाउँदा निकै खुसीको महसुस गर्दै नवजीवन अस्पताल धनगढी र पुर्नवास नगरपालीका ११ र लायन्स क्लबलाई धन्यवाद दिएका छन् । यस अघि नवजीवन अस्पताल धनगढीले कैलाली र कञ्चनपुरका ग्रामिण बस्तीमै पुगेर निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ।
जसबाट बिरामीले स्वास्थ्य लाभ प्राप्त गर्दै आएका छन्। अस्पतालका सिइओ चक्र खडायतले पछिल्लो समय अस्पतालले बिरामीको मन र बिश्वास जित्दै गएको बताए । उनले भने, हामीले बिरामीलाई दिइने गुणस्तरीय उपचार सेवा दिनु नै प्रमुख बिषय हो, त्यस कारण हामीले सामाजिक उत्तरदायीत्व अन्तरगत ग्रामिण क्षेत्रमै गएर निशुल्क रुपमा सेवा प्रदान गरिरहेका छौँ र बिरामीको हामी प्रतिको बिश्वास जित्दै गएका छौँ। हाल १०० शैय्यामा सञ्चालनमा रहेको नवजीवन अस्पतालले सबै उपचार र डाक्टरको सेवा सुबिधा रहेको छ।
अस्पतालका बिभिन्न विभागबाट बिशेषज्ञ चिकित्सकहरुद्धारा उपचार तथा शल्यक्रिया सेवा, रंगिन भिडीयो एक्सरे आइसियु एनआइसियु, डायलासिस सेवा, सिटी स्क्यान सेवा डिजिटल एक्सरे सेवा, रेडियोलोजी सेवा, आमासुरक्षा कार्यक्रम, खोप कार्यक्रम, इमरजेन्सी सेवा २४ सै घण्टा प्रदान भैरहेको अस्पतालले जनाएको छ। साथै अस्पतालबाट बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ। यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी, बरिष्ठ छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा बरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेको छ।