धनगढी। नवजीवन अस्पताल धनगढीद्धारा कञ्चनपुर पुनर्वासको अमरबस्तीमा बृहत् निशुल्क स्वास्थ्य शिविरमा चेकजाँच जारी रहेको छ। आज (शनिवार) बिहान १० बजे देखी नै राष्ट्रिय माध्यमिक बिद्यालय अमरबस्तीमा निशुल्क स्वास्थ्य शिविर मार्फत बिभिन्न बिरामीहरुले उपचार सेवा लिरहेका हुन् ।
नवजीवन अस्पताल प्रा.ली धनगढी,पुनर्वास नगरपालीका वडा नम्बर ११ र लायन्स क्लब इन्टरनेशनलको संयुक्त आयोजनामा भैरहेको निशुल्क स्वास्थ्य शिविरमा बिरामी आउने क्रम जारी रहेको र चेकजाँच भैरहेको छ।
नि:शुल्क स्वास्थ्य शिविरमा महिला बालबालीका,पुरुष तथा जेष्ठ उमेर समुहका बिरामीले निशुल्क बिशेषज्ञ चिकित्सकीय मार्फत स्वास्थ्य उपचार सेवा पाइरहेका छन्। बरामीले बिभिन्न प्रयोगशाला सेवा, स्त्री रोग आँखा सम्बन्धी, हाडजोर्नी तथा नशा रोग समस्या भएकाको ओपीडी मार्फत उपचार सेवा प्रदान भैरहेको हो। अझै पनी समय भएका चेकजाँच गर्न आग्रह गरिएको नवजिवन अस्पताल प्रा.लीका मार्केटिङ संयोजक राजु चौधरीले जानकारी दिए ।