धनगढी। नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लागेको बताएका छन्। एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको हो।
महरसँगै सिराज अहमत फारुकी दुवै जनाको राजीनामा बैठकले स्वीकृति गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।बझाङ घर भएका महरको एक युवतीको अडिओलाई लिएर एमालेको मेची-महाकाली अभियानमा जुटेका शीर्ष नेताहरूबीच मुखामुख हुन थाल्यो। महर समेत उक्त अभियानमा जोडिन बझाङबाट जोडिएका थिए।
तर, अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका महरबारे लामो समय पार्टी नेतृत्व मौन रह्यो। एमाले र माओवादी एकताका बेला अनेरास्ववियुका अध्यक्ष बनेका उनी त्यसपछि पार्टीको मूल राजनीतिमा प्रवेश गरेका थिए।एमालेको अभियान चलेकै बेला बाहिरिएको उक्त विवादित अडिओले पार्टी राजनीतिमा उचाइ लिइरहेका महरलाई नराम्रो झट्का दिएको छ।
उक्त अडिओपछि सुदूरपश्चिम क्षेत्रमा अर्को भिडिओ पनि भाइरल हुन पुग्यो। एकजना नेतृसँगको भनिएको उक्त भिडिओका पात्र को थिए भन्ने आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन। तर भिडिओका पुरुष पात्र पनि उनै महर भएको रिपोर्टिङ एमाले केन्द्रमा पुगेको एकजना नेताले बताएका छन्।
अडिओ महरकै भए पनि उक्त भिडिओ उनकै हो भन्ने एकीन नभएको तर त्यसलाई लिएर पनि एमाले नेताहरूबीच छलफल भएको स्रोतको भनाइ छ।बिहीबार च्यासलमा एमाले सचिवालय बैठक बसेको थियो। जहाँ उनै विवादित पृष्ठभूमिका महर र सिराज अहमद फारूकीको राजीनामा स्वीकृत गरिएको हो। तर एमालेले महरको राजीनामाको कारणबारे मौनता साँधेको छ। दुवैजनाले राजीनामा दिएको पुष्टि गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कारण भने खुलाउन चाहेनन्। केन्द्रीय सदस्यबाट राजीनामा दिएका ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लागेको बताएका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अबको अभियान पार्टी शुद्धिकरण, त्यसको लागी संघर्ष र रुपान्तरण, नेकपा एमाले जिन्दावाद ! जनताको बहुदलिय जनवाद जिन्दावाद ! बिर शहिदहरु लालसलाम’
ऐन उनै नेता हुन्, जो एमालेभित्र विवादित र उत्तिकै लोकप्रिय पनि मानिन्छन्। स्रोतका अनुसार युवाहरुको जमादको कमान्डर मानिने ऐन एक वर्षदेखि परस्त्रीसँगको अवैध सम्बन्धलाई लिएर तनावमा थिए। त्यसकै कारण उनले कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट पनि राजीनामा दिएको बताइन्छ।उनको राजीनामा स्वीकृत समेत भैसकेको एमालेले जनाएको छ। ऐन एमालेको १०औँ महाधिवेशनपछि २०७८ मंसिरमा मनोनित १० प्रतिशत केन्द्रीय सदस्यमध्येका एक हुन्। अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने ऐन एमाले र माओवादी एकताका बेला (नेकपाकालमा)अनेरास्ववियुका अध्यक्ष बनेर त्यसपछि पार्टीको मूल राजनीतिमा प्रवेश गरेका थिए।
त्यसपछि उनी एमालेको केन्द्रिय सदस्य हुँदै २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट उम्मेदवार समेत बने। तर एमाले छाडेर एकीकृत समाजवादीमा गएका भानुभक्त जोशीसँग उनी झिनो मतले पराजित भएका थिए। किन राजीनामा रु यौन विचलनको आरोप लागेपछि उनले राजीनामा दिन लगाइएको बताइएको छ। एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका महर अहिले गृहजिल्ला बझाङमै छन्। उनका निकटस्थहरूका अनुसार अहिले पनि उनी पार्टी काममै सक्रिय छन्। गत मंसिरमा एउटा परस्त्रीसँगको अडिओ बाहिरिएपछि महरले आफ्नो आवाज नभएको जिकिर गरेका थिए। आफ्नो नाम जोडेर आएको अडिओलाई फेक भनेका उनले कानुनी उपचार खोज्ने पनि बताएका थिए। सोही अडिओका कारण अहिले यो सबै भएको बुझिएको छ।