काठमाडौं। ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ।
विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश सुनाएको हो । उनीसँगै विचौलिया रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि दुई वर्ष जेल र ८० लाख ४८ हजार रुपैयाँ जरिवना गराउने फैसला भएको छ ।
उनीहरु सरकारी जग्गा सट्टा भर्ना गर्ने कार्यको मतियार भएको र आफ्नो र परिवारको नाममा जग्गा पास गरेको अभियोग थियो । मोहीको सट्टा भट्टा प्रक्रियामा बदनीयतपूर्वक अपारदर्शी तवरले भूमिसुधार ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ का आज्ञात्मक प्रबन्धहरु छलेको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि भेटिएको थियो ।ललिता निवास जग्गामा किर्ते गरेको अभियोगमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गुरुङलाई १२ असार २०८० मा पक्राउ गरेको थियो । उक्त अभियोगमा उनी धरौटीमा छुटेका छन् ।