धनगढी : सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको नेतृत्व बरिष्ठ कन्सल्टेन्ट बाल रोग बिषेशज्ञ डा.राम कामेश्वर ठाकुरले सम्हालेका छन् । नेपाल सरकारको १० औँ तह उप सचिव स्तरको बरिष्ठ कन्सल्टेन्ट डक्टरले आयुर्वेद चिकित्सालयको नेतृत्व सम्हालेका हुन् । लामो समय बिभिन्न स्वास्थ्य संस्थामा काम गरेर सेवा दिएका डा.ठाकुरले बुधबारदेखी आयुर्वेद चिकित्सालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । चिकित्सालयको नेतृत्व सम्हाले संगै डा.ठाकुरले यहाँको प्रशासनिक र स्वास्थ्य क्षेत्रको बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यहाँ भइरहेका सेवाहरुलाई चुस्त दुरुस्त बनाउने र आवश्यक्ता अनुसारका सेवा थप्नका लागी पहल गर्ने कुरामा मेरो जोड रहने नै छ ठाकुरले भने “बिषेसगरी चिकित्सालयको प्रशासनिक सुधार, सुशासन लगायत चौबिसै घण्टा बिषेशज्ञ सेवा लगायत सेवामा मेरो जोड रहन्छ, यहाँको जती सहयोग हुन्छ त्यतीनै यहाँका नागरिकले सेवा पाउने गरी काम गर्ने छु ।”
स्थापनाकालमा आठौँ तहका आयुर्वेद चिकित्सक खगेन्द्र बमले चिकित्सालयको नेतृत्व सम्हालिरहेपनि बिवादित भएपछि करिब १ बर्षअघी उनको बझाङ आयुर्वेद अस्पतालमा उनलाई सरुवा गरिएको थियो । त्यसपछि आठौँ तहकै आयुर्वेद चिकित्सक सुर्य उपाध्यायले निमित्त प्रमुखको रुपमा चिकित्सालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । दशौँ तहको दरबन्दी रहेको चिकित्सालयमा सोही तहको प्रमुख आएपछि अब सेवामा सहज हुने अपेक्षा लिइएको छ । चिकित्सालयमा खाली रहेको प्रशासन प्रमुख लगायत आवश्यक प्रशासनिक कर्मचारीको परिपुर्ती समेत चाँडै हुने डा.ठाकुरले बिश्वास दिलाएका छन् ।
चिकित्सालय ब्यवस्थापन समितिको नेतृत्व नरेश बिष्टले सम्हाल्दै आएका छन् । सुदुरपश्चिमको आयुर्वेद उपचारलाई प्रभावकारी र सबै जनताको पहुँच बढाउने उद्देश्य सहित अध्यक्ष बिष्ट निकै खटिएका छन् ।