धनगढी। कैलाली बहुमुखी क्याम्पसको विद्यार्थी साहित्य प्रतिष्ठानले सरस्वती पूजाको अवसरमा रजत जयन्ती एवम् २५औँ वार्षिकोत्सव मनाइएको छ । विद्यार्थी साहित्य प्रतिष्ठानको आयोजनामा बुधवार कैलाली बहुमुखी क्याम्पसमा संस्कृति, साङितिक, साहित्यक र सम्मान समारोह (स–उत्सव) को आयोजना गर्दै रजत जयन्ती मनाइएको हो ।
विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष पन्तको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टिएन जोशी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति जोशीले विद्यार्थी साहित्य प्रतिष्ठानले आफ्नो कला, साहित्य, भाषा लगायत संस्कृतिको संरक्षणमा अहम् भूमिका खेलेको बताए ।यस्ता कार्यक्रमले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरू लाई बाहिर ल्याउन समेत उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । आफू पनि यस प्रतिष्ठानमा रहँदा कला, संस्कृतिको जर्गना गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरेको उनले बताए । उनले प्रज्ञा प्रतिष्ठानले पनि कला, संस्कृति, रीतिरिवाज र भाषा संरक्षण गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्दे आइरहेको दाबी समेत गरे । प्रज्ञा प्रतिष्ठानले पनि यस क्याम्पसमा सांस्कृतिक कार्यक्रम गर्न तयार रहेको उनको भनाइ छ ।
यस्तै कार्यक्रममा योगदान पुगाएका विभिन्न व्यक्तिहरू लाई सम्मान समेत गरिएको थियो । सम्मानीत हुनेहरूमा लिलानाथ प्रतिभा साहित्य पुरस्कारबाट निर्मल कुमार भण्डारी, पत्रकारिता मार्फत भाषा, संस्कृति कला र साहित्यमा योगदान दिए बापत पत्रकार गगन अयडी, नेपाली भाषा, संस्कृति कला र साहित्यमा योगदान दिए बापत तुलसी शर्मा र ठाकुरप्रसाद चौधरी छन् ।यस्तै, विद्यार्थी साहित्य युवा प्रतिभा अभिनन्दनबाट तोयनाथ भट्ट, क्याम्पसका कार्यालय सहयोगी मानबहादुर कठायत र सुरक्षा गार्ड वीरबहादुर रोकायालाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायनलगायत विभिन्न प्रस्तुतीहरु देखाएका थिए ।