धनगढी। धनगढीमा सम्पन्न खुल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि कैलाली बहुमुखी क्याम्पसले हात पारेको छ । आयोजक सुदूरपश्चिमाञ्चल क्याम्पसलाई सोझो सेटमा हराउँदै केएमसीले उपाधि हात पारेको हो ।
उपाधिसँगै कैलाली बहुमुखी क्याम्पसले नगद ८८ हजार ८ सय ८८ ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने आयोजक एसपिएले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
खेलमा जय पृथ्वी बहुमुखी क्याम्पस र आदर्श विद्या निकेतन तृतीय भएका छन् । उनीहरूले नगद १२ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । सुदूरपश्चिमाञ्चल क्याम्पसको विद्यार्थी परिषद्को आयोजनामा खुल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।