धनगढी। कैलालीको गोदावरीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीवारदेखि बेपत्ता रहेका गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी आज (शुक्रवार) बिहान मृत अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुढाथोकी गोदावरी नगरपालिका–४ फुलबस्तीस्थीत भट्टीखेडामा मृत भेटिएका हुन्। बिहीवारदेखि हराइरहेका उनलाई प्रहरीले खोजतलासका क्रममा मृत अवस्थामा फेला पारेको हो सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।