धनगढी। शिक्षा क्षेत्रको सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद्ले धनगढीमा दवाबमुलक र्याली निकालेको छ। प्राज्ञिक विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थीहरूको सहभागीतामा धनगढीमा बृहत् दबाब र्याली निकालेको हो।
शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश परिक्षा,परिणाम,पात्रो,पाठ्यक्रम जस्ता विषयहरूको सुधार गर्नका लागि करिब ७ सय भन्दा बढी विद्यार्थीहरुको सहभागितामा सो दबाब र्याली निकालेको जनाएको छ ।
र्यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचीव दिवस पोखरेल, परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाई, प्रदेश सदस्य सरोज ठगुन्ना,नगर सचीव गौरव भट्ट अन्य विद्यार्थी नेता लगायतले विशेष सम्बोधन गरेका थिए।
विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारको लागि विद्यार्थी दबाब र्याली गरेको बताएका छन् । देशको प्रमुख शहरहरूमा पनि गर्ने बृहत् दवाब एवम् आन्दोलनको गतिविधि अगाडि बढाउने विद्यार्थी परिषद्का जिल्ला संगठन सचीव प्रेम बोहराले बताए।