धनगढी। कैलालीको गौरीगंगामा फागुन १९ गतेदेखि चौथो संस्करणको गौरीगंगा गोल्डकप हुने भएको छ । गौरीगंगा- ११ स्पोर्टस क्लबले धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ ।
फागुन १९ देखि २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विभिन्न विधामा उत्कृष्ट खेलाडीले १५ हजार र म्यान अफ द म्याचले ५ हजार पाउने अध्यक्ष कलेलले बताए।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिम सहभागि हुनेछन् । प्रतियोगिता गौरीगंगाको लिक्मा खेलमैदानमा सञ्चालन हुनेछ ।पत्रकार सम्मेलनमा अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताएका थिए। गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।