धनगढी। कञ्चनपुरको बेलौरीस्थीत सिमानाकाबाट अवैध कुखुरा बरामद गरिएका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटैया नाकाबाट भारतबाट अवैध रूपमा ल्याइरहेको अवस्थामा १५० किलो अवैध कुखुरा बरामद गरिएका हुन् ।
मंगलबार राति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी)को टोलीले १५० किलो अवैध बोईलर कुखुरा बरामद गरेको जनाएको हो। बरामद गरिएका कुखुरा आवश्यक कारवाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।