धनगढी। धनगढीमा प्रणय दिवस दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ। फागुन २ गतेका दिन भ्यालेन्टाइनडे तथा प्रणय दिवस दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने आयोजक सुदूर चौतारीले मङ्गलवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।
आयोजकले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी,बोटबिरुवा,डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ। प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने,पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ।
प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ। प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले [email protected] अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा वा धनगढी एसपिए रोडमा माघ २९ गतेभित्र आयोजकलाई प्रेमपत्र पठाइसक्नुपर्ने सुदूर चौतारीका व्यवस्थापक प्रेम विवश चन्दले बताए।
प्राप्त भएका पत्रमध्ये उत्कृष्ट १० पत्र लेखकलाई प्रेमपत्र प्रतियोगिता २०८० को फाइनल कार्यक्रममा बाचन गर्न लगाइने छ। उत्कृष्ट १० मध्ये प्रथम, द्वितीय र तृतीय पत्रलाई नगद र उपहारसहित पुरस्कृत गरिनेछ।प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद रु ५ हजार एक सय, ४ हजार एक सय र ३ हजार एक सय र उपहारसहित सम्मान गरिने छ। प्रेम दिवसको नाममा समाजमा हुनेगरेका अचेतलशिल गधिविधी न्युनिकरण गर्न तथा प्रेम दिवसलाई सामाजिक मौलिक पर्व जस्तै सकारात्मक रुपले सवै प्रतिको माया, सद्भाव दर्शाउन प्रतियोगिता गर्न लागेको जनाएको छ।