धनगढी। नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाक्रिले दलहरूले चुनावका बेला जनतालाई झुठा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छिन्। समाजवादी प्रेस संगठन कैलालीले आज सोमबार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाक्रिले सो कुरा बताएकी हुन् ।
नेतृ झाक्रिले संकटग्रस्त क्षेत्रका घरपरिवारलाई झुठा आश्वासन देखाउने गरेको भन्दै त्यो कुरा गलत भएको बताइन्। उनले भनिन्, निकुञ्ज, वन, कारागार लगायतका संकटग्रस्त छन, त्यस्ता ठाउँमा आधारभुत सुविधा दिन मिल्दैन तर, चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । त्यो गर्नु गलत हो ।
उनले शुक्लाफाँटा निकुञ्ज र कैलाली कारागार नजिक बनेका घरलाई उदाहरण दिँदै भनिन् निर्वाचनको समय म पनि मन्त्रीसंग शुक्लाफाटा गएकी थिए। त्यहाँ मैले बोल्न त पाईन। मैले बोल्न पाए स्पष्ट भन्थे कि बफर जोनमा लालपुर्जा पाउदैन् । सेन्सेटिभ जोन (संकटग्रस्त क्षेत्र) कहाँ हो सबै थाहा छ । हामीले अन्तराष्टिय कानुनमा पनि हष्ताक्षेर गरेका छौ। त्यस्ता ठाउमा झुठो बोलेर खाली भोट बैंक नबनाउ ।उनले सामाजिक विषयमा स्पष्ट रहने गरेको बताउँदै मैले यही शब्द भने दुई दिन गाली गर्लान तर गाली गरेर समस्या समाधान हुँदैन र झुठले पनि समस्या समाधान हुँदैन।
समाजवादी पार्टीको अधिवेशन नजिकिएसंगै देश दौडाहमा रहेकी झाक्रिले सचिव पदमा बस्दा गाह्रो भएको बताउँदै त्यो भन्दा माथिलो पदमा दाबी गर्ने बताईन्। सचिव भएर त गाह्रो भएको छ। तैपनि ठुलो पदमा जान मन छ उनले भनिन। मन्त्री, दलको नेता, संगठन, विभाग, पार्टी सबै एकै जनाले नेतृत्व गर्नु उचित नहुने बताइन ।राष्ट्रिय सभामा गठबन्धनभित्र भएको असहोगबारे उनले भनिन जनप्रतिनिधिहरूले भोट हालेन्न होला। यसमा जनताले हाल्ने होइन्न। यो मेरो चाँसोको विषयनि होइन।