डडेल्धुरा। डडेल्धुरामा आगो ताप्ने क्रममा निसासिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सूचना अधिकारी कुसुम नायकका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको हो। बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको नायकले जानकारी दिए। उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै नातामा सासुबुहारी रहेको बताइएको छ।