कञ्चनपुर। नेपाली राष्ट्रियतावादी चलचित्र काँडेतारको टीमले सहिद गोबिन्दका परिवारलाई आर्थिक सहयोग गरेको छ। शनिवार धनगढीको एसटिएस सिनेमा हलमा प्रर्दशन गरिएको चलचित्र काँडेतारको च्यारिटी शोबाट संकलित रकम चलचित्र निर्माण टीमले आइतवार गौतमका बुवालाई हस्तान्तरण गरेको हो।
कञ्चनपुरको पुनर्वासमा सिमा विवादमा परी वीरगति प्राप्त गरेका सहिद गोबिन्द गौतमका बुवा खेमलाल गौतमलाई हस्तान्तरण गरेको हो। भारतसँग सिमा जोडिएको पुनरवास क्षेत्रमा झडप हुँदा भारतीय पक्षको गोली लागेर गोबिन्द गौतमले वि.सं.२०७३ फाल्गुन २६ गते झडपका क्रममा वीरगति प्राप्त गरेका थिए।
परिवारको आर्थिक अवस्था नाजुक भएको र गोबिन्दको सम्मान स्वरुप ५० हजार रकम घरमै गएर हस्तानतरण गरिएको चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार नवल खड्काले बताए। चलचित्र काँडेतार आउँदो फागुन २५ गते देशभर प्रदर्शन हुँदैछ। नायक तथा निर्देशक खड्काले राष्ट्र र राष्टियताको भावना बोकेको काँडेतार चलचित्र फागुन २५ गते सबैले हेर्न आग्रह गरेका छन्। च्यारीटी शो बाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतमको परिवारलाई सहयोग गरिने बताएका थिए।