डडेल्धुरा। डडेल्धुराको भागेश्वर गाउँपालिकाले सात वर्षपछि बल्ल गाउँपालिकाको केन्द्र तोकेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले वडा नम्बर ५ मा रहेको टप्वा क्षेत्रलाई केन्द्र बनाउने गरि निर्णय गरेको हो ।
विभिन्न मतभिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि केन्द्र तोक्न सकेको थिएन। सोही कारण विगतमा बगरकोटबाट गाउँपालिकाले कार्यसम्पादन गरिरहेको थियो ।बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा केन्द्र तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो।
तर आजको बैठकमा भएको मतदानले टप्वाको पक्षमा बहुमत प्राप्त भएकाले अब गाउँपालिकाको केन्द्र टप्वा बनाइने निर्णय भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए । टप्वाका पक्षमा २१ कार्यपालिका सदस्यले मतदान गरेका थिए भने बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत खसेको थियो भने एक मत बदर र एक जना अनुपस्थित रहेको उनले बताए ।