डोटी। डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ।
शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका-२ कुचेडाकि २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले बताए। विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।
घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। गत महिनामात्र केआईसिंह गाउँपालिकामा भालुको आक्रमणमा परी १ महिलाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।