धनगढी। धनगढीबाट तीन युवक खैरो हेरोईन र चरेससहित पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट १ ग्राम खैरो हेरोईन र ४ ग्राम ४०० मिलिग्राम चरेससहित उनीहरु पक्राउ परेका हुन् ।
धनगढी वडा नम्बर १ त्रिवेणी चोक बस्ने २८ वर्याीय दिनेश बिक, १९ वर्षीय निखिल जोशी र रुपन्देहीको बुटवल नगरपालिका-१ घर भई हाल धनगढी उपमहानगरपालिका १ एल एन चोक बस्ने २१ वर्षीय समिर सुनार शुक्रवार राति पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।