सुर्खेत । वीरेन्द्रनगर (११स्थित समझीघाट वीरेन्द्रनगरवासीका लागि अन्तिम दाहसंस्कारको मूख्य स्थल मानिन्छ । तर, यहाँ सामान्य पूर्वाधार समेत नहुँदा मलामी गएकाहरुलाई समेत सास्ती हुने गरेको थियो ।
यहि समस्यालाई समाधान गर्न समाजसेवी विष्णु खड्काले बुधबार मलामीलाई सहज हुनेगरी होमपाइपको व्यवस्था गरेका छन् । यहाँ दाहसंस्कार गर्न गएका मलामीहरुलाई होमपाइपकै अभावका कारण खोला तर्न समस्या हुने गरेको थियो । जहाँ हरेक दिनजसो प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका जनप्रतिनिधिसम्म जाने गरेका थिए ।
समाजेवी खड्काले सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरेर खोलामा होमपाइप हालेका हुन् । होमपाइप हालेपपछि मलामीहरुलाई आवजतजावतमा सहज भएको छ । समझी घाट सुर्खेतकै महत्वपूर्ण तिर्थ स्थलका रुपमा समेत परिचित छ ।
यहाँको समस्या धेरै समयसम्म पनि समाधान नहुँदा आफुले यसको पहल गरेको खड्काले बताए । ‘काम सानो हो । तर, यसमा ध्यान कसैको गएको थिएन,’उनले भने, ‘मैले सडक डिभिजनसँग समन्वय गरेर होमपाइप राखेपछि आवतजावतमा सहज भएको छ ।’ उनका अनुसार होमपाइप नहुँदा मलामीहरु चिप्लिएर लड्नुपर्ने, लास पर्खिएर पालो कुर्नुपर्ने लगायतका समस्या नागरिकले भोग्दै आएका थिए
नजिकैको स्थानीय सरकारले समेत उक्त समस्या नदेखेका बेला समाजसेवी खड्काले समस्या समाधान गरेको भन्दै उनको प्रसंसा समेत भएको छ ।