धनगढी। कैलालीको धनगढी स्थित एक पसलमा आगलागी भएको छ। धनगढीस्थित साल्ट ट्रेडिङ भवनमा रहेको एक पसलमा आगलागी भएको हो। शुक्रबार धनगढी उपमहानगरपालिका–२ स्थित निरा प्रसाईको पाथिभरा इन्पोरियम नामक जुत्ताचप्पल पसलमा आगलागी भएको हो।
जुत्ता तथा चप्पल गोदाममा बिद्युत सर्ट भएर आगलागी भएको सञ्चालक नवराज धिमालले बताए। आगलागीबाट जुत्ताचप्पलका सामानहरु जलेर १ करोड ५० लाख बढीको क्षती भएको उनले बताए ।स्थानिय, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली, सशस्त्र पहरी तथा नगर प्रहरीको सहायताबाट सबै सामान बाहिर फालिएको छ। दुईवटा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने काम भएको छ।