धनगढी। कैलालीमा आगोमा परि एक महिलाको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–१ की देवकी न्यौपानेको आगोमा परेर मृत्यु भएको प्रहरीले जनाएको हो।
उनी खाना पकाउने क्रममा माघ ९ गते (मंगलवार) शरीरमा आगो लागेर घाइते भएकी थिइन्। उनको हिजो (बिहीवार) घरमै मृत्यु भएको हो।