धनगढी। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा प्रवाहसम्बन्धि सुझाव संकलनका लागि क्युआर कोड स्क्यानको व्यवस्था गरेको छ । अस्पतालले सो सेवा बुधबारबाट सुरु गरेको हो ।
सेवा प्रवाह सम्बन्धि सुझाव,गुनासा भए उक्त कोड मार्फत सकरात्मक सुझाव दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए । क्यूआर स्क्यान गर्दा सेवा सम्बन्धि फर्मेट आउने र सजिलै सुझाव दिन सकिने उनले बताए ।
उनले भने,‘नागरिकले सुझाव पेटिका मार्फत सुझाव दिँदा कार्यालय मै आउनु पर्ने हुन्थ्यो । त्यो झन्झटिलो हुन्थ्यो । अब सुझाव सल्लाह दिनुहुनेले जहाँबाट पनि क्युआर मार्फत सझाव दिन सक्नु हुन्छ ।’ ‘नागरिकबाट आएका सुझाव सल्लाहलाई लिएर हामी योजना बनाउँदै जान्छौँ ।’ उनले भने,‘क्युआर कोड मार्फत सकरात्मक सुझाव आउने अपेक्षा गरेका छौँ । जसले गर्दा हामीलाई सेवा सुधारका लागि योजना बनाउन सहज हुनेछ ।’