धनगढी : अत्तरिया उधोग बाणिज्य संघद्वारा आयोजित सुदुरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणले यतिबेला बजार छाएको छ । आयोजक मध्येकै ब्यक्तीले नक्कली ठेली बनाएको छ्यापछ्याप्ती खबर आइरहँदा आयोजक भने उल्टै आवश्यक छानबिनका लागी जिल्ला प्रशासनमा निवेदन दिन्छ । उधोग बाणिज्य संघ बाहेकका ब्यवसायीहरुले उधोग बाणिज्य संघनै दोशी जोगाउन लागेको आरोप लगाएका छन् । उनिहरुले कैलालीको अत्तरिया महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र समेत बुझाएका थिए । आइतबार नक्कली टिकट प्रकरण सत्य तथ्य छानविन दवाव संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
महोत्वसको असफलता, बदनाम गर्ने र निजी स्वार्थ पूरा गर्ने काम भएकाले सत्य तथ्य छानविन गर्न समितिले माग गरेको थियो । ‘यस प्रकरणमा कुनै पनि शक्ति केन्द्रको प्रभावमा परि छानविन ओझेलमा पर्ने वातावरण सृजना भए यो संघर्ष समिति सडक आन्दोलन गर्न बाध्य हुने छ’ सघर्ष समितिका संयोजक गणेश बहादुर बलायरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘आन्दोलनका क्रममा अप्रिय घटना भएमा स्वको सम्पूर्ण जिम्मेवारी प्रशासनको हुनेछ भन्ने पनि यसै ज्ञापन पत्र मार्फत जानकारी गराउन चाहान्छौ ।’
शनिबार संघर्ष समितिले अत्तरिया चोकमा टर्च बालेर बिरोध समेत जनाए । समिति का अध्यक्ष गणेश बलायर ले यो प्रकरण मा दोषी पत्ता लगाउनु आफुहरु को माग रहेको बताए । अध्यक्ष बलायर ले दोषी पत्ता नलागेसम्म आन्दोलन जारी रहने बताए । यहि बिवादका कारण अत्तरिया उधोग बाणिज्य संघका ७ जना सल्लाहकारले समेत राजिनामा दिइसकेका छन् । सल्लाहकार सह संयोजक धना देबी चोखालसहित अन्य ६ जनाले राजीनामा दिएका थिए । सल्लाहकार सदस्य टिकाराम आचार्य , आनन्द भट्ट ,गणेश बोगटी, धर्मसिँ कुँवर, राम सापकोटा र नैन सिहं कार्कीले राजिनामा दिइसकेका छन् । महोत्सवमा २८ वटा ठेली नक्कली टिकट भेटीएका थिए । एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो । आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो । दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका गरेको थियो ।
अत्तरिया उधोग बाणिज्य संघकै पदाधिकारी नक्कली टिकट छाप्न र बिक्रि गर्नमा संलग्न भएको पुस्टी भइसकेको छ, उधोग बाणिज्य संघकै एकजना सदस्यले भने “त्यही सदस्य जोगाउन गोदावरीका मेयर देखी बिभिन्न नेता लागेका छन्, आफै ति पदाधिकारीमाथी कार्वाहीका लागी पहल गर्नुको सट्टा उल्टै दोशी खोज्न प्रशासनमा उजुरी दिनु नाटक मन्चन मात्रै हो, सबैले थाहा पाइसकेका छन्, उधोग बाणिज्य संघकै एकजना पदाधिकारी रहेको पुस्टी समेत भएको छ, यो उधोग बाणिज्य संघकै निर्देशनमा नक्कली टिकट छापिएको समेत सबैले बुझिसकेका छन्, त्यस कारण उहाँलाई लुकाउनु भन्दा सिधै कार्वाहीका लागी पहल गरे सही मान्छेपनि उधोग बाणिज्य संघमा रहेछन् भन्ने बुझाई हुन्छ, हैन भने उधोग बाणिज्य संघनै फर्जी र गलत रहेछ भन्ने पुस्टी हुन्छ ।”
यता प्रहरीले भने उजुरी बारे अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले उजुरी बारे अनुसन्धान जारी रहेको र बिस्तृत अनुसन्धान सकिएपछि भन्न मिल्ने बताए ।