धनगढी। कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेका छन्। धनगढी उपमहानगरपालीका ४ बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्।
घटना आज (बुधवार) विहान करिब ११ः२० बजेको हो। घरायसी विवादका कारण घरको छतबाट हाम फालेर गम्भीर अवस्थामा रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। छोराहरु बिच अंश बण्डाको बिषय बिच बिवाद भएर घरको ५ तलाबाट हाम फालेको बताइएको छ।
घटना लगत्तै बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको पाइएको छ।अग्रवालको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल लगिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए।