दार्चुला। दार्चुलाको एक विद्यालयमा आगलागी भएको छ। जिल्लाको महाकाली नगरपालिका-४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो।
सोमबार राति विद्युतको तार सर्ट भई कम्प्युटर कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगलागीबाट कम्प्युटर,सिपियु, टेबल, र्याकहरु जलेका र क्षतिको विवरण संकलनको काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। आगलागी प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।